त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित BCA(Bachelor Computer Application)s कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०१८ को सातौं सेमेस्टर, शैक्षिक वर्ष २०१९ को पाँचौं सेमेस्टर र शैक्षिक वर्ष २०२० को तेस्रोे सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको दोब्बर दस्तुरमा समेत अनलाइन परीक्षा फाराम भर्ने म्याद २०७९ साल पौष २८ गते राति १२ः०० बजे नै समाप्त भएकामा विभिन्न क्याम्पस तथा विद्यार्थीहरूबाट माग भए बमोजिम अनलाइन छुट परीक्षा फाराम २०७९ साल माघ १६ र १७ गते दुई दिन खुला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विद्यार्थीद्वारा आफू अध्ययनरत क्याम्पस÷कलेजको नाम उल्लेख गरी https://exam.tufohss.edu.np मार्फत आफ्नो रजिस्ट्रेशन गर्न सक्नेछन् भने रजिस्ट्रेशन प्रक्रिया पूरा गरिसकेका विद्यार्थीले सोही Portal प्रयोग गरी उल्लेखित निर्देशन अनुसार अनलाइन परीक्षा फाराम भर्न सक्नेछन् । म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन ।
परीक्षा फाराम भर्ने समयावधि:
मिति २०७९ साल माघ १६ देखि १७ गते राति १२ः०० बजेसम्म ।
परीक्षा दस्तुर :
नियमित परीक्षार्थीले आफू अध्ययनरत क्याम्पस÷कलेजको नाममा रहेको बैंक खातामा रू. ५,०००÷– (अक्षरेपी रू. पाँच हजार मात्र) र आंशिक परीक्षार्थीहरूले एक वा दुई विषयको २,०००÷– , तीन विषयको ३,०००÷– , चार विषयको ४,०००÷– र पाँच विषयको ५,०००÷– आफू अध्ययनरत क्याम्पस÷कलेजको नाममा रहेको बैंक खातामा जम्मा गरी सोको भौचर अथवा रसिद ग्उयिबम गर्नु पर्ने ।
सम्बन्धित क्याम्पस÷कलेजहरूले छुट फाराम दस्तुरको एकमुष्ट रकम यस डीन कार्यालयको नाममा रहेको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको खातामा २०७९ साल माघ १८ गतेभित्र जम्मा गरी सो को सक्कल भौचर यस कार्यालयमा अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
परीक्षा फाराम सम्बन्धी अन्य विस्तृत जानकारी पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछ र पूर्व प्रकाशित परीक्षा तालिका ९भ्हबmष्लबतष्यल क्अजभमगभि० अनुसार नै २०७९ साल माघ २२ गतेदेखि नै सत्रान्त परीक्षा पनि सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०२० का नियमित तथा आंशिक परीक्षार्थीहरूको चौथो सेमेस्टरको सत्रान्त परीक्षा वि.सं. २०७९ साल माघ ०२ गते र शैक्षिक वर्ष २०२१ का नियमित तथा आंशिक परीक्षार्थीहरूको दोस्रो सेमेस्टरको सत्रान्त परीक्षा वि.सं. २०७९ साल माघ ०३ गतेबाट दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने भएकाले सम्बद्ध सबैको जानकारीका लागि यो परीक्षा केन्द्र ९भ्हबmष्लबतष्यल ऋभलतचभ० सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
परीक्षा केन्द्र (Examination Centre)